मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

राजतन्त्र राँके भूत मात्र हो, त्यसबाट डराउनुपर्दैन : बाबुराम भट्टराई

Ujyalosandeshonline 12537+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्र राँके भूत मात्र रहेको भन्दै कोही डराउन नपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको ४८ औं मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दा भएका कमजोरीलाई सच्याउनतिर लाग्नुपर्ने बताए ।  

‘अब यो संघीय लोकतान्त्रिक गणतन्त्र हामीले संविधानमा प्रष्ट व्याख्या गरेका छौं । त्यसैले हाम्रो राज्य के हो भन्ने परिभाषित गर्छ । यो संविधानप्रति नेताप्रति व्यवस्थाप्रति जुन आक्रोस बढिरहेको छ यसलाई हामीले गम्भीरतापूर्वक लिएर यस विषयमा सहमति गर्नै पर्छ । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने कुरामा केही कमजोरी छन्, त्यसलाई हामीले सच्याउने र राष्ट्रिय सहमतिमा जानु पर्छ ।’ 

गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा भएका कमजोरी नसच्याउँदा राजतन्त्र फर्किन्छ भन्ने आवाज उठ्ने गरेको संकेत उनले गरे । उनले भने,‘यसको मतलब पछाडि जानुपर्छ भन्ने होइन । राजतन्त्र भनेको त म पनि भन्छु राँके भूत  हो, राँके भूतले फस्फोरस अलिकति बल्दा भूत भनेर मान्छे चिच्याउँछन् त्यस्तै भूत मात्र हो । त्यसबाट डराउनु पर्ने कुरा छैन ।’

सरकारको स्थिरताका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउनका लागि अध्यक्ष भट्टराईले प्रस्ताव राखे । अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर जान सके बीपी कोइरालाजस्ता अग्रज नेताहरुप्रति सम्मान हुने धारणा उनले राखे । 

उनले भने, ‘हामीले अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर गयौं भने स्वर्गीय बीपी कोइराला जस्ता महान अग्रज नेताहरुप्रति सम्मान हुन्छ ।’अध्यक्ष भट्टराईले बीपीबाट देशभित्र बहुजातीय बहुभाषिक चरित्रको राष्ट्रिय एकता कायम गर्नुपर्ने चुनौती रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार