मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

राजिनामा पत्र बोकेर हिँडेका छन् खेलकूद मन्त्री

Ujyalosandeshonline 12620+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् ।

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र   खल्तीमा बोकर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताए ।

उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौं ।’

उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरि चलिरहेको भन्दै सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।

उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौं । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौं र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरि चलिरहेको हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौं । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरुले पनि यसलाई एकपटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरु पनि चल्न थालेको छ ।’

उनले खेलकुद क्षेत्रमा महत्वपूर्ण कामको रुपमा हिजो भर्खरै अर्थ मन्त्रालयबाट खेलाडीहरुको पुरस्कार रकम निकास भइसकेको भन्दै जानकारी पनि दिएका छन् ।

उनले भने, ‘खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दैै लाने भन्ने कुरामा त्यसको क्यालेन्डर घोषणा भइसक्यो, अर्को महत्वपूर्ण कुरा भनेको खेलाडीहरुले आफ्नो पुरस्कार नपाएको भन्ने विषयले गर्दा खेलाडीहरुमा निराशा छाएको थियो, हिजो अर्थ मन्त्रालयबाट त्यो खेलाडीको पैसा निकास भइसकेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार