मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

प्रजातन्त्र दिवस : परिवर्तनले जनतालाई के दियो भनेर समीक्षा गर्ने बेला आयो - पूर्वराजा शाह

Ujyalosandeshonline 11869+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले मुलुकमा बढ्दै गएको गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ । उहाँले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विगतका राजनीतिक परिवर्तनहरूको निर्मम समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

सन्देशमा पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ ।”उहाँले समाजमा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिले राष्ट्रलाई फाइदा नपुग्ने भन्दै उहाँले सबै पक्षलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभएको छ । पूर्वराजा शाहले राष्ट्रिय एकतामा जोड दिँदै नेपाली–नेपाली बीचको द्वेष अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार