मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

Ujyalosandeshonline 12537+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ । व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।

बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन सङ्कायले जनाएको छ । स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ । यसअघि त्रिविको व्यवस्थापन सङ्कायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा भदौ ११ गते सञ्चालन हुने एमबिएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार