मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

देवदहमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण, हजारौं लाभान्वित

Ujyalosandeshonline 12611+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

भैरहवा । देवदह नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको छ । राष्ट्रिय भूमि समस्या समाधान आयोगबाट नाप नक्सा भई राजस्वसमेत जम्मा गरिसकेका देवदह नगरपालिकाका वडा नं. ५, ७, ९ र १० अन्तर्गतका अव्यवस्थित बसोबासीहरूलाई एक विशेष कार्यक्रमका बीच जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नापी कार्यालय रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नगर प्रवक्ता गणेश डुम्रे लगायत विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख खरेलले यो कार्य सुरुवात मात्र भएको बताउँदै, देवदहका अधिकांश जग्गाहरूको नापी कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँले पुनः आयोग गठन भई काम अगाडि बढे लगत्तै सम्पूर्ण नगरवासीहरूलाई लालपुर्जा वितरण गर्ने कार्यलाई तीव्र गतिका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेका अव्यवस्थित बसोबासीहरूले लालपुर्जा प्राप्त गरेपछि खुसियाली मनाएका छन्। यसले उनीहरूको जीवनमा आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ। यस कदमले देवदह नगरपालिकाका हजारौं नागरिकहरूलाई भूमिमाथिको स्वामित्व प्रदान गरी उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै