मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

देवदहमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण, हजारौं लाभान्वित

Ujyalosandeshonline 11864+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

भैरहवा । देवदह नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको छ । राष्ट्रिय भूमि समस्या समाधान आयोगबाट नाप नक्सा भई राजस्वसमेत जम्मा गरिसकेका देवदह नगरपालिकाका वडा नं. ५, ७, ९ र १० अन्तर्गतका अव्यवस्थित बसोबासीहरूलाई एक विशेष कार्यक्रमका बीच जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नापी कार्यालय रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नगर प्रवक्ता गणेश डुम्रे लगायत विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख खरेलले यो कार्य सुरुवात मात्र भएको बताउँदै, देवदहका अधिकांश जग्गाहरूको नापी कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँले पुनः आयोग गठन भई काम अगाडि बढे लगत्तै सम्पूर्ण नगरवासीहरूलाई लालपुर्जा वितरण गर्ने कार्यलाई तीव्र गतिका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेका अव्यवस्थित बसोबासीहरूले लालपुर्जा प्राप्त गरेपछि खुसियाली मनाएका छन्। यसले उनीहरूको जीवनमा आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ। यस कदमले देवदह नगरपालिकाका हजारौं नागरिकहरूलाई भूमिमाथिको स्वामित्व प्रदान गरी उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार