मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

११औं नवयुवा कप शुरु : उद्घाटन खेलमा लिस्नु बिजयी

Ujyalosandeshonline 11901+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

ओमसतिया । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ रुपन्देहीद्वारा आयोजित ११औं नवयुवा कप २०८० नकआउट फुटबल प्रतियोगितामा लिस्नु क्लबले शुन्यको विरुद्ध एक गोलले बिजय हात पारेको छ ।

आजको पहिलो खेलमा लिस्नु क्लबका जर्सी नं. ११ को अमर डंगोलले दोस्रो हापको २०औं मिनेटमा एक गोल गरी आफ्नो क्लबलाई विजयी बनाए । देवदह बोयज क्लबले संघर्षमय खेल खेल्दा पनि गोल फर्काउन सकेन । लिस्नुका अमर डंगोल म्यान अफ दि म्याच घोषित भएका थिए ।

रुपन्देही एन्फा संघका अध्यक्ष लोक पुनले रुपन्देहीको फुटबल बारेको अवस्था र बिभिन्न कार्यक्रम बारे बताउँदै ओमसतिया गाउँपालिका भरीको एक मात्र नियमित फुटबल प्रतियोगिता संचालन गर्ने नवयुवा परिवार भएको प्रशंसा गर्दै कर्मडाँडा खेल मैदानलाइ स्थानीय सरकार तथा प्रदेश सरकारले स्तरोन्नतिको लागि पहल गर्न सुझाव दिएका थिए । उद्घाटन कार्यक्रममा आयोजक संस्थालाई स्थानीय तीनजना सहयोगी दाताहरुबाट खेलाडी जर्सी लगायत खेलकुद सामग्री सहयोगस्वरूप हस्तान्तरण गर्नु भएको थियो ।

ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, पूर्वपालिका अध्यक्ष हिरा केवट, वडाध्यक्षहरु बेल बहादुर बराल मगर र प्रकाश सिंह थारु लगायत बिभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि यादवले गाउँपालिकाले दीर्घकालिन योजना बनाएर खेलकुद र खेलमैदानहरुको विकास तर्फ ध्यान दिने बताउँदै प्रतियोगिताको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष चन्द्र बहादुर गुरुङ र कार्यक्रम संचालन का.वा. सचिव दिल गुरुङले गरेका थिए । १२ वटा फूटबल क्लब सहभागिता रहेको यस प्रतियोगिताको आजको खेल झरना स्पोर्ट क्लब कुन्जलापुर र न्यू सिर्जना क्लब करौजिया बीच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार