मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

विद्यालय खेलकुद नेपाली खेलकुदमा नयाँ इतिहास हो : सदस्यसचिव घिसिङ

Ujyalosandeshonline 12320+ समाचार ( )
३० जेठ २०८१, बुधवार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए ।

‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ,’ सदस्य सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैं परिभाषा मात्र गरिरहेका छौँरु यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज यु–१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’

यू–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको उनको भनाइ छ । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ,’ उनको भनाइ छ । घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने उनको दाबी थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार