मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गुुनासो लिएर आएका बिद्यार्थीलाई मेयरको सम्मान

Ujyalosandeshonline 10783+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले आफ्नो समस्या लिएर भेट्न आएका विद्यार्थीलाई सम्मान गरेका छन् । मेयर खानले विद्यार्थीहरुको समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएका छन् । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का कक्षा ५ मा अध्ययनरत अनिल गुप्ता र ८ मा अध्ययनरत राजिव गुुप्ताले सडकको समस्या लिएर मेयर खानलाई भेट्न गएका थिए । कार्यकक्षमा गुनासो लिएर आएका उनीहरुको समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित शाखालाई निर्देशन दिए । मेयर खानले विद्यार्थीहरु भविष्यका कर्णाधार भएको उल्लेख गर्दै सानै उमेरदेखि समाजसेवाको भाव आउनुु, आफ्ना समस्या सरोकारवालासँग राख्न सक्नुु अझ सकारात्मक भएको उल्लेख गरे ।

विद्यार्थीलाई सकारात्मक उर्जा प्रदान गर्ने एवं उनीहरुमा समाजसेवाको भावनालाई अझ विकास गराउने उद्देश्यले गुनासो लिएर आएका विद्यार्थीहरुलाई सम्मान गरिएको मेयर खानले जानकारी दिए । साथै उनले हरेक नगरबासीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको पनि उल्लेख गरे । विद्यार्थीहरुले मेउडिहवा जिसी पथमा कुलोको पानीका कारण करिब ३ सय मिटर क्षेत्रको बाटोमा आवतजावतमा समस्या भएको र उक्त क्षेत्र मर्मत गरिदिन आग्रह गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार