मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मोबाइल ब्यवसायी संगठनमा पुन: गुप्ता

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ पौष २०८०, शनिबार

भैरहवा । मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता पुन: अध्यक्षमा चयन भएका छन । संगठनको शनिबार भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा साधरणसभाले गुप्ताको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा हरि बहादुर पाण्डे, महासचिव राज कुमार गुप्ता हलुवाइ, सचिव सन्तोष कुमार नाउ, सह-सचिव प्रविन गैरे,  कोषाध्यक्षमा श्याम प्रकाश गुप्ता र सह-कोषाध्यक्षमा दिनेश गुप्ता निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए । 

समितिको सदस्यहरुमा दिपक पौडेल, जसवन्त धवल, सत्यम कलवार, पुरुषोत्तम केशरी, रमेश यादव र मोहम्मद रसिद मुसलमान निर्विरोध निर्वाचित भएका छन ।

साधारणसभामा बोल्ने वक्ताहरुले अहिलेको नेपाल भारतको सीमाको कारण मोबाइल ब्यवासायीहरु समस्यामा रहेको बताए । भारतको तुलनामा नेपालमा मोबाइल महँगो पर्ने भएको हुदा ब्यवसाय धरापमा परेको उनिहरुको भनाइ थियो । ब्यवसायीहरुले सरकारले ल्याएको एमडिएमएस प्रणाली कार्यान्वयनमा लैजान माग राखे । उनिहरुले भारतबाट आउने मोबाइलका कारण नेपाली ब्यवसायीहरु मर्कामा परेको बताउदै भारत हुदै अवैध रुपमा आउने मोबाइललाइ नियन्त्रण गर्नुपर्ने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि उध्योग ब्यपार महासंघका केन्द्रिय सचिवालय सदस्य मनिष कुमार जोशीले संंगठनको उद्देश्य, यसको महत्व, साझ प्रयास, संगठनको बार्षिक कार्ययोजना र यसको स्थायित्वको साथै आर्थिक एवम रणनैतिक रुपले संगठन अगाडी बढाउनुपर्ने बताए । उनले खुला सिमा मोबाइल ब्यवसायीको समस्या रहेको बताउदै यस विरुद्ध संगठित हुन आग्रह गरे । उनले एक अर्काको प्रतिस्पर्धामा नभइ सहयोगको भावना लिइ अगाडी बढ्न मोबाइल ब्यवसायीहरुलाइ सुझाव दिए ।

संगठनका अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता, उध्योग ब्यपार महासंघका केन्द्रिय सचिवालय सदस्य मनिष कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ सल्लाहकार गिरिश त्रिपाठी, लुम्बिनी प्रेस क्लवका कार्यवाहक अध्यक्ष कमल रायमाझी, ब्यवसायी हरिश सेठिया लगायतले बोलेका थिए । संगठनका  महासचिव राजकुमार गुप्ताको सन्चालन र सह- सचिव प्रविन गैरेको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार