मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित 'सेक्युरिटी एडभाइजरी' जारी, सुरक्षित रहन १५ बुँदे आग्रह

Ujyalosandeshonline 11768+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

भैरहवा । चाडपर्वको चहलपहल बढिरहँदा सम्भावित आपराधिक घटनाहरूबाट सर्वसाधारणलाई सुरक्षित राख्न रुपन्देही प्रहरीले बिहीबार 'सेक्युरिटी एडभाइजरी' जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक विज्ञप्तिमार्फत १५ बुँदे सुरक्षा सल्लाह जारी गर्दै सभ्य र सुरक्षित तरिकाले चाडपर्व मनाउन सबैलाई आग्रह गरेको हो।

प्रहरीले चाडपर्वको समयमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ। जारी एडभाइजरीमा घर तथा कोठा छाडेर लामो समय बाहिर जाँदा झ्याल ढोका राम्ररी बन्द गर्न र विश्वासिलो छिमेकीलाई जानकारी गराउन भनिएको छ। यसका साथै, व्यक्तिगत क्रियाकलाप तथा यात्रा योजना जस्ता संवेदनशील जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन आग्रह गरिएको छ।

घर तथा टोलको सुरक्षाका लागि सामूहिक पहल गर्न पनि प्रहरीले आह्वान गरेको छ। टोलवासी मिलेर सीसीटीभी क्यामेरा, सेक्युरिटी साइरन जस्ता सुरक्षाका उपकरणहरू जडान गर्न र आपसी समन्वयमा सुरक्षा व्यवस्था सुदृढ पार्न एडभाइजरीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुनै पनि सूचना, सहयोग वा जानकारीका लागि प्रहरी कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२ र ९८५७०४९३४२ मा सम्पर्क गर्न अनुरोध गरेको छ। चाडपर्वको यस घडीमा सबै मिलेर सुरक्षित र सौहार्दपूर्ण वातावरण कायम गर्न प्रहरीले सर्वसाधारणसँग सहकार्यको अपेक्षा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार