मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित 'सेक्युरिटी एडभाइजरी' जारी, सुरक्षित रहन १५ बुँदे आग्रह

Ujyalosandeshonline 12614+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

भैरहवा । चाडपर्वको चहलपहल बढिरहँदा सम्भावित आपराधिक घटनाहरूबाट सर्वसाधारणलाई सुरक्षित राख्न रुपन्देही प्रहरीले बिहीबार 'सेक्युरिटी एडभाइजरी' जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक विज्ञप्तिमार्फत १५ बुँदे सुरक्षा सल्लाह जारी गर्दै सभ्य र सुरक्षित तरिकाले चाडपर्व मनाउन सबैलाई आग्रह गरेको हो।

प्रहरीले चाडपर्वको समयमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ। जारी एडभाइजरीमा घर तथा कोठा छाडेर लामो समय बाहिर जाँदा झ्याल ढोका राम्ररी बन्द गर्न र विश्वासिलो छिमेकीलाई जानकारी गराउन भनिएको छ। यसका साथै, व्यक्तिगत क्रियाकलाप तथा यात्रा योजना जस्ता संवेदनशील जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन आग्रह गरिएको छ।

घर तथा टोलको सुरक्षाका लागि सामूहिक पहल गर्न पनि प्रहरीले आह्वान गरेको छ। टोलवासी मिलेर सीसीटीभी क्यामेरा, सेक्युरिटी साइरन जस्ता सुरक्षाका उपकरणहरू जडान गर्न र आपसी समन्वयमा सुरक्षा व्यवस्था सुदृढ पार्न एडभाइजरीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुनै पनि सूचना, सहयोग वा जानकारीका लागि प्रहरी कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२ र ९८५७०४९३४२ मा सम्पर्क गर्न अनुरोध गरेको छ। चाडपर्वको यस घडीमा सबै मिलेर सुरक्षित र सौहार्दपूर्ण वातावरण कायम गर्न प्रहरीले सर्वसाधारणसँग सहकार्यको अपेक्षा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार