मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने : राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ

Ujyalosandeshonline 10783+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएरकेही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ छ । 

उनले भने,‘एकातर्फ राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदी हामी एक ठाउँमा उभिन सकेनौं भने इतिहासले सराप्ने छ । राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं ।’ 

उनले राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भएपनि अहिलेको घडीले राजेन्द्र लिङ्देनको सक्रिय सहभागितता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको बताए । 

उनले भने,‘नवराज सुवेदी कुनै स्वार्थ नभएर अब राजनीतिक जीवनको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति यो अभियानलाई संयोजन गर्नको लागि अग्रसर भएर आउनुभएको छ । जेजस्तो भएपनि एउटा विशिष्ट परिस्थितिमा संयोजक भएरआउनुभएको छ । आवश्यक प्रवन्ध मिलाएरसबै एकजुट भएर मलाई सार्वजनिक रूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मेरो अत्यन्तै प्रिय भाइ हो ।राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ ।’

त्यस्तै अध्यक्ष थापाले सरकारले हिन्दुराष्ट्र राजतन्त्रको आवाज उठायो भने संघर्ष गर्यो भने वा धर्मनिपेक्ष गणतन्त्रको विरोधमा आवाज उठायो भने २५ वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँ जरिवाना गर्नेगरी कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाए । सरकारको यस्तो काम कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिँदै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी कानुन बनाएका देशमा आगो बल्ने बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार