हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी

Ujyalosandeshonline 12323+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले आपसी विवादका क्रममा पसलमा रक्सी खाने बेला धारिलो हतियार प्रयोग गरी बुढाको हत्या गरेका हुन्।

हत्यामा संलग्न विक र क्षेत्रीले बुढाको टाउको काटेर हतियारसहित घोडाघोडी नगरपालिका–३ स्थित अस्थायी प्रहरी पोस्टमा आत्मसमर्पण गरेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार