मुख्य समाचार
जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह | सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग | अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते | धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव:मुख्यमन्त्री आचार्य | चैतेधान खेती | रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद: तस्करीको जालो तोड्न प्रहरीलाई चुनौती | ‘मोबाइल’को निउँमा भनाभन हुँदा ... | तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै | महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध | पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने |

मणिग्राममा निःशुल्क दन्त शिविर सम्पन्न, २७२ जना लाभान्वित

Ujyalosandeshonline 11244+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१२, मोहनाजोतस्थित जनता माध्यमिक विद्यालय भाठामा एक दिने निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ‘क्याम्पस–समुदाय–सहकार्य’ कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त शिविरबाट २७२ जनाले निःशुल्क दन्त परीक्षण सेवा प्राप्त गरेका छन् ।

क्याम्पसका प्रमुख ताराप्रसाद पराजुलीका अनुसार, क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई र विस्तारित समितिले बुटवलको आधुनिक समाज डेण्टल प्रा.लि.को प्राविधिक सहयोगमा यो शिविर आयोजना गरेको हो । शिविरमा दन्त परीक्षण, परामर्श तथा सामान्य उपचार सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले विभिन्न संघसंस्थाहरूको सहकार्यमा ग्रामीण तथा भित्री बस्तीहरूमा यस्ता निःशुल्क स्वास्थ्य सेवाहरू पुर्याउन सकिएकोमा जोड दिएका थिए । आधुनिक समाज डेण्टल प्रा.लि.का सञ्चालक अमृत भुसालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

त्यसैगरी, विद्यालयका अध्यक्ष विष्णुबहादुर बोहरा र प्रधानाध्यापक शालिकराम खनालले विद्यालय परिसरमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । शिविरमा डेण्टल समाजका तर्फबाट डा. रक्षा अर्याल, डा. पूर्णिमा पाण्डे, डेण्टल हाइजिनिष्ट लक्ष्मी थापा, नवीन पराजुली, रमा पौडेल लगायतको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो ।

क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईका संयोजक विन्दु आचार्यले शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीले गर्नुभएको थियो भने उपप्राध्यापकहरू नारायणप्रसाद भूसाल, भिमलाल घिमिरे र कार्यालय सहयोगी नारायण खराल लगायतले कार्यक्रमको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार