मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |
मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |


मर्चवारी जनसेवा स्वालम्बनको अध्यक्षमा पुनः ज्ञानु प्रसाद कुर्मी

जैसमोहम्मद खान 75+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

मर्चवार । जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: ज्ञानु प्रसाद कुर्मी चयन भएका छन् । बुधवार संस्थाको २४ औं साधारण सभामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

उक्त ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कमलावती कुर्मी, कोषाध्यक्षमा दशरथ कोहर, सचिवमा राजकुमार यादव रहेका छन् । यस्तै सदस्यमा क्रमशः चन्द्रावती लोहार, रामवेलास पाल, मलखाना पाल, कलसुन निशा, सोमई यादव रहेका छन् । 

यस्तै लेखा सुपरिवेक्षण समिति तर्फ लेखा संयोजकमा रामसेवक बरई, सदस्यमा सावित्री धोबीन, इन्द्रमणि यादव रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउँपालिका अध्यक्ष गया बरईले संस्थालाई गर्न सकिने सहयोग गाउँपालिका तथा व्यक्तिगतरुपमा सहयोग गर्ने जानकारी गराएका थिए। सो अवसरमा उनले चुनाव अघि जनतासंग गरेका वाचाहरुमा दुईवटा एम्बुलेन्स निःशुल्क सञ्चालन गराएको बताएका थिए । साथै उनले गाउँपालिकाको शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाभित्रका शिक्षाकलाई एक विद्यालयबाट अर्को विद्यालयमा हेरफेर गर्ने जानकारी गराएका थिए । 

कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष गणेश कुर्मीले संस्थाको भवनका लागि जग्गा खरिद गर्नका लागि आउने आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै संस्थाको भवन मर्मतका लागि १ लाख थप उपलब्ध गराउने बताएका थिए ।

साधारण सभामा बोल्दै मर्चवारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रामसेवाक खरबिन्दले संस्थाको प्रगितिको शुभकामना दिँदै अभिभावकहरुलाई बचत गरेको रकमबाट बालबालिकालाई पढाउन आग्रह गरेका थिए । साथै उनले मर्चवारी गाउँपालिका वडा नं ६ को वडा कार्यालयमा लाग्ने फोटोकपी वडाबाट निशुल गरिने जानकारी पनि गराएका थिए ।

कार्यक्रममा भवानी स्वावलम्बन बहुउ्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवसथापक अशोक कुमार त्रिपाठीले बैंक भन्दा सहकारी राम्रो रहेकोले सहकारीमै पैसा जमा गर्न आग्रह गरेका थिए । उनले स्थानीय तहलाई सहकारीको प्रगतिका लागि सहयोग गर्ने माग गरेका थिए । 

संस्थाको २४ वार्षिक साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक रोहित यादवले संस्थाले ३ करोड ५५ लाख ६४ हजार ५ सय ४१ रुपैयाँ ६ पैसाको कारोबार गरी कुल ३ लाख ५३ हजार ३ सय ६४ रुपैयाँ ४३ पैसा शुद्ध नाफा गरेको जानकारी गराएका थिए ।

संस्थामा कुल २३४ जना महिला तथा ३२१ जना पुरुष गरी जम्मा ५८५ जना सदस्य रहेका छन् । संस्थाले २०८० असरमसान्त सम्म १ करोड ८२ लाख ६५ हजार ५ सय रुपैयाँ बचत गरेको छ भने २ करोड ३१ लाख ८२ हजार ९ सय ३९ रुपैयाँ ऋण असुल गर्न बाँकी रहेको संस्थाको लेखा परीक्षण प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा संस्थाले जेष्ठ नागरिक बचतकर्तालाई दोसल्ला ओढाई सम्मान गरेको थियो । भने ऐच्छिक, दैनिक तथा आवधिक बचतकर्तामा सर्वोत्कृष्ट बचतकर्तालाई समेत दोसल्ला ओढाइ सम्मान गरीएको थियो । यस्तै सबैभन्दा बढी बचत गरेका ५ जना बालबचतकर्तालाई ब्याग, कापी र कलम प्रदान गरी गरीएको थियो ।

संस्थाको अध्यक्ष ज्ञानु प्रसाद कुर्मीको अध्यक्षतामा तथा संस्थाका लेखा समिति संयोजक रामकिशोर पालको स्वागत मन्तव्यमा सम्पन्न सो कार्यक्रममा शेयर सदस्य, विभिन्न स्वावलम्बनका अध्यक्ष, व्यवस्थापक, समाजसेवी, जनप्रतिनधि, पत्रकार सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार