मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी हुन सकेन’

Ujyalosandeshonline 12457+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छिन् । 

शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफूले ३० करोड भुक्तानी गरेको भएपनि २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेका कारण दुग्ध किसानको भुक्तानी दिन नसकिएको भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘सरकार ऋणमा डुब्न तयार हुनुपर्छ । तर किसानहरु जो दूधको भुक्तानीले आफ्नो जीवनयापन गरिरहेका छन् । त्यस्तो किसानहरुलाई छिटो रुपमा भुक्तानी हुनुपर्छ भनेर म मन्त्री भएर आइसकेपछि ३० करोड भुक्तानी गरेको हो । तर बिचौलीयाहरु आफ्नो स्वार्थ पूरा गर्नको लागि जुन शिर्षकमा भुक्तानी गयो, त्यो शिर्षकबाट बाहिर सञ्चालक समिति बसेर बाडेर २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेको छ । अब त अप्रेशन नगरिकन सुख छैन् । अप्रेशन त गर्नै पर्छ ।’ 

यस कार्यमा संलग्नहरुलाई समयमै कारबाही गर्न नसके बिचौलीयाहरुको मनोबल बढ्दै साहको भनाइ छ । मन्त्री भएरपनि उद्देश्यहरु पूरा गर्न सकेन भने मन्त्रीको अर्थ नरहने भन्दै कृषिलाई बजारीकरण गर्ने तर्फ अगाडि बढ्ने उनको दाबी छ । 

उनले भनिन्, ‘जबसम्म कृषि, बजारीकरण र सिचाइमा सुधार आउदैँन् । मन्त्री भएरपनि उद्देश्यहरु पूरा हुन सकेन्, आफूले गरेका कामहरु सफल हुन सकेन भने त्यो मन्त्रीको अर्थ पनि रहदैँन् । जुन बेला सबै कुरामा आत्मनिर्भर हुन सक्छौ, आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउन सक्छौ, त्यती बेला मात्र हामी सफल हुन्छौ । यो मन्त्रालयलाई एउटा केन्द्रविन्दु बनाएर, विशेष प्राथमिकतामा राखेर यो कृषि मन्त्रालय भएन भने देश अगाडि बढ्न सक्दैँन् ।’

त्यस्तै, मन्त्री साहले सरकारले कृषि दशक घोषणा गरिसकेकाले सबै तहका सरकारहरुले कृषिलाई प्राथमिकतामा राखेर यस्ता आयोजनाहरुबाट प्राप्त नतिजा र उपलब्धीहरुलाई संस्थागत गर्ने आवश्यक पहल गर्न जरुरी रहेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार