मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

फुलपाती भित्र्याइँदै, भक्तपुरमा बुधबार नै भित्र्याइयो

Ujyalosandeshonline 11511+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

काठमाडौं । आज विहीबार घर घरमा फुलपाती भित्र्याइँदैछ । बडादशैंको सातौं दिन घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्राइँदैछ । फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । घर–घरमा हर्षबढाइँका साथ फुलपाती भित्र्याउँछन् ।प्राचीनकाल देखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ ।आधुनिक नेपाल निर्माण पछि गोरखाबाट फूलपाती ल्याए रहनु मानढोकामा भित्र्याउने चलन अझै कायम छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ । उता, भक्तपर का नेवाः समदायले वुधबार नै फूलपाती भित्र्याएका छन् । फूलपाती देखि विजया दशमी सम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले बुधबारदेखि सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार