मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

Ujyalosandeshonline 12537+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुने छ । 

तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो  एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च बलियो बनाउने लक्ष्यका साथ नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक ‘ए’ टिम बनाएको हो ।

नेपालको सिनियर टिमविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेलेको क्यानडाले नेपालको ‘ए’ टिमविरुद्ध क्यानडा ११ को टोली बनाएर तीन खेलकै एक दिवसीय सिरिज खेलेको हो । 

क्यानडा ११ मंगलबार पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने प्रयासमा हुँदा नेपालको ‘ए’ टिम पनि जित निकाल्दै सिरिजमा कमब्याक गर्ने लक्ष्यमा हुने छ । तेस्रो एक दिवसीय भने विहीबार हुने छ ।

यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ ।

नेपाल ‘ए’ टीम

मा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ‘ए’ टिममा प्रशिक्षकको भूमिकामा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार