मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

काठमाडौं । जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । आदिबासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । 

ईडीका अधिकारीहरूले बुधबार दिनभर मुख्यमन्त्री सोरेनसँग उनको निवासमै पुगेर वयान लिएका थिए । सो प्रकरणमा उनी दोषी हुनसक्ने देखेपछि ईडीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुख्यमन्त्री सोरेनले बुधबार राति नै राज्यपाल कहाँ पुगेर राजीनामा बुझाएका छन् । 

ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्री सोरेनको संलग्नता रहेको ईडीको आरोप छ । 

सो राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले जग्गा बिक्री प्रकरणमा मुख्यमन्त्री सोरेनलाई कारबाही गर्न माग गर्दै आएको थियो । 

ईडीले सोरेनलाई बयानका लागि प्रयास गरेपनि उनले अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । त्यहाँबाट उनको ३६ लाख रुपैयाँ नगद र एउटा बीएमडब्ल्यु कार फेला पारेका थियो । 

सोरेनले राजीनामा दिएपछि झारखण्डमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । उनको पार्टीले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ । 

८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।

ईडीले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि निगरानीमा राखेको छ । यसअघि ईडीले केजरीवाललाई पनि वयानका लागि बोलाएको थियो । तर केजरीवालले पनि बयानका लागि अस्वीकार गर्दै आएका छन् । उनीमाथि मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार गरेको आरोप लागेको छ । सो मुद्धामा ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार