मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बेसाहारा मुसहर बस्ती : पुल मुनिको बास, चिसो रात र भोको पेट

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

अर्जुन थपलिया

सिरहा । शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । बैशाखको टन्टलापुर घामले पिठ्यु डढाउँछ, वर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनावत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्गिनु उनको जीवनभरको भोगाइ हो । त्यसकारण मैनावत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् । 

पुष महिना तराईको कठ्याङ्ग्रिने शीतलहर छ । सदा दम्पत्तीले खर बटुलेर, पराल मागेर, वनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन् । पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन् । न ओढ्ने छ, न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन् । शीतलहर चलेकाले कतै मजदुरी पनि पाइदैन । चिसो रातमा भोको पेट । पुल मुनिको बास छ । कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन्,‘आगोको साहरा छ । भोक लागे पनि आगो ताप्छौं जाडो भएपनि आगो ताप्छौं । शुभनारायण भन्छन्,‘बाँचेका छैनौं, मृत्यु पर्खेर बसेका छौं । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौं । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन ।’

‘नेपाल राज्यमा हामीले बाचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौं । ठूला जातिका धनीमानीहरुले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे,’शुभनारायणले दुखेसो पोखे । 

मानव गोलबजार नगरपालिका–११ बलकवा बजार पुग्नुअघि मैनावत्ती नदीको पुल पार गर्नु पर्छ । यो पुल मुनि मैनावत्तीको वगरमा झण्डै ४० घर मुसहर परिवार बस्दछन् । पूरै बस्तीमा अहिले अनिकाल छ । प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिर झैं शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ ।

नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्,‘शीतहलरका कारणले रोजगारी पनि पाइदैन र काम गर्नसक्ने मौसम पनि छैन् । मुसहर समुदायको विजोग भएको छ,’साह भन्छन्,‘तत्कालै मुसहर बस्तीमा खाद्यन्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरु चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटमा छ ।’ 

गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पु¥याउन सकेको छैन ।  बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’शुभनारायण सदाले आक्रोस पोख्दै भने,‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौं ।’

पुलमाथीबाट आउजाउ गर्नेहरुलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन्–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे ।

अगुवा अरुण सदा भन्छन्,‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठूलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ ।नगरपालिकाले जात्राका लागि लाखौं रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन् । यसरी समाजवाद ल्याइदैछ नेपालमा ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार