मुख्य समाचार
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन | मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन | सशस्त्र प्रहरीको सक्रियता: साढे सात लाख बढीको अवैध सामान र चौपाया नियन्त्रणमा | कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित | मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह | वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध | युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु | मनसुनजन्य विपद्को पूर्वतयारीमा रहन मुख्यमन्त्रीको निर्देशन | वास्तविक लागतभन्दा कम दरमा टेन्डर नहाल्न गुल्मीका निर्माण व्यवसायीलाई आग्रह | धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने |

परासीमा दर्ता नै नगरी मेनपावर चलाउने दुई भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 11952+ समाचार ( )
२० असार २०८१, बुधवार

परासी । दर्ता नै नगरी नवलपरासीमा मेनपावर चलाउने दुई भारतीय नागरिक पक्राउ परेका छन् । नवलपरासी रामग्राम नगरपालिका– ५ बाईपासमा विनादर्ता जेडी मेनपावर सर्भिसेज चलाउने रबिन्द्र राणे र जावेद मसिहलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको हो । 

दुवै जना भारतको मुम्बईका बासिन्दा हुन्। उनीहरुले बैदेशिक रोजगारीका लागि रसिया, अस्ट्रेलिया, ईटालीलगायतका देशहरुमा लैजाने भन्दै प्रचार गरेका थिए ।

श्रम तथा रोजगार कार्यालय बुटवलसंगको समन्वयमा उनीहरुलाई पक्राउ गरी उक्त कार्यालयको बोर्ड हटाई सिल गरिएको नवपरासीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । दुवैमाथि थप अनुसन्धान र कारबाहीका लागि कार्यालयबाट बरामद सामानसहित प्रहरीले श्रम तथा रोजगार कार्यालय बुटवल पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार