मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

Ujyalosandeshonline 12457+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

भैरहवा । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कृष्ण भुसालले ३६, विकल अधिकारीले २०, रोशन घिमिरे र लक्ष्मण कुमालले १७–१७, प्रतीक भट्टराईले १३, मौसम ढकालले १२ र सन्दीप यादवले १० रन बनाए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ३, आरिफ अहमदले २ तथा दीपेश श्रेष्ठ, अशोक धामी र विपिन आचार्यले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ३२ ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाउँदै सजिलै लक्ष्य पूरा गर्यो र जित हात पार्यो । उसको जितमा असमान थारुले ३४, विपिन आचार्यले अविजित ३३, आदित्य यादव र दीपेश श्रेष्ठले १८–१८, अशोक धामीले १६ र आनन्द गौडले नटआउट १४ रनको योगदान गरे । बलिङमा नेपथ्य तिलोत्तमाका कृष्ण भुसालले ३ तथा सन्दीप यादव, मौसम ढकाल र आशुतोष पाण्डेले १–१ विकेट लिए । खेलमा रमेश कुर्मी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार