मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

नवलपरासी प्रहरीद्वारा हराएको मोटरसाइकल फेला, धनीलाई हस्तान्तरण

Ujyalosandeshonline 12337+ समाचार ( )
२२ असार २०८२, आइतबार

नवलपरासी । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले हराएको एक मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । जिल्लाको सरावल गाउँपालिका–४ का श्रीराम यादवले आफ्नो लु ४७ प २४३० नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल रामग्राम नगरपालिका–५ स्थित पोखरापाली सडक खण्डमा पार्किङ गरी राखेको अवस्थामा हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

निवेदन प्राप्त हुनासाथ खोजी कार्यलाई तीव्रता दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वीर दत्त पन्तका अनुसार, निवेदनका आधारमा खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल रामग्राम नगरपालिका–७, उजैनीस्थित सडक किनारमा बेवारिसे अवस्थामा फेला पारेको थियो । फेला परेको मोटरसाइकललाई कार्यालयमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी धनी श्रीराम यादवलाई बुझाइएको डीएसपी पन्तले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार