मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

Ujyalosandeshonline 12334+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

रामेछाप । गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब  ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । बाढी पहिरोबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो । 

क्षतिग्रस्त राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवोनक गरेपछि सडक मर्मतको लागि बजेट सुनिश्चित गरिएको हो । सो क्रममा मन्त्री दाहालले वर्षाको बेलामा पनि सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन समेत दिएका थिए । 

सो सडक निर्माणको लागि ९ अर्ब ६६  लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बीपी राजमार्गको भक्तपुर नेपालथोक खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँ सुनिश्चित गरिएको छ । दुवै सडक खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ । 

अस्थायी सडक पुनर्निर्माणका लागि बिपी राजमार्गको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ । बाढीले क्षति पुर्याएको रोशीखोला क्षेत्रमा अहिले खोला किनारबाट अस्थायी सडक बनाइएको छ । बजेट प्राप्त भएकोले सडक निर्माणको काम तुरुन्त अघि बढ्ने सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए । 

बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निक्कै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार