मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ : मन्त्री थापा

Ujyalosandeshonline 12537+ समाचार ( )
२१ असार २०८२, शनिबार

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ सेवनको समस्या न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन् । हेटौंडामा आयोजित ‘लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण कार्यक्रममा उनले समाजमा दिनानुदिन बढ्दै गएको लागूपदार्थ सेवनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लागूपदार्थ समग्र समाजका लागि खतरा भएको उल्लेख गरे । 

उनले भने, ‘एउटा व्यक्तिको कुलतले पूरै परिवार र समाज कलंकित हुन्छ । समस्या समाधानका लागि चेतनामूलक र सुधारात्मक कार्यक्रमहरू व्यापक रूपमा अघि बढाउनु जरुरी छ ।’मन्त्री थापाले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने चालकको लाइसेन्स खारेजका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन् । 

यस्तो कदमले सडक सुरक्षामा सकारात्मक असर पार्ने विश्वास पनि लिएको उनको भनाई छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले एकचोटि कुलतमा फसेपछि त्यसबाट बाहिरिन गाह्रो हुने हुँदा पूर्वरोकथाममै जोड दिनुपर्ने बताईन् । लागूपदार्थ नियन्त्रणका लागि वर्षभर निरन्तर परीक्षण आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक नरेश सुवेदीले लागूपदार्थ सेवनले सवारी दुर्घटना र आपराधिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए । किशोर, युवा र एम्बुलेन्स चालकसमेत यसको चपेटामा परेको उनले उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र लागूपदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै १३४० थान परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार