मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ : मन्त्री भण्डारी

Ujyalosandeshonline 12338+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेकोबताएका छन्  । 

शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै    जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन् ।

उनले भने,‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ । यो भन्दा निधार खुम्च्याउनुपर्ने अरु कुरा छैन । यो साँचो कुरा हो । जबसम्म व्यक्तिले लाभ उठाउँदैन् तबसम्म वित्तिय क्षेत्रमा पनि सुधार आउँदैन् । जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ । 

मन्त्री भण्डारीले आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न गरे । सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ । उनले भने,‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन् । हामी सम्भावनालाई छोड्दै गइरहेका छौं ।’

समस्या छन् तर समाधान कसले गर्ने ? : उपाध्यक्ष श्रेष्ठ

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलेराज्यले थाहा नपाएको र गर्न नसक्ने केही नभएपनि अहिले समस्या नै समस्या रहेको भन्दै समाधान चाँही कसले गर्ने हो भन्दै गरे । 

उनले भने,‘भनिन्छ राज्यले थाहा नपाएको र गर्न नसक्ने केही छैन् । तर अहिले समस्या नै समस्या छ । समाधान कसले गर्ने हो ?अहिले उद्योग व्यापारको विकास र कृषिको विकास बिना न देशको विकास सम्भव छ न त अर्थतन्त्रको विकास हुन्छ भनेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार