मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

रोल्पा पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने सत्ता साझेदार दलको निर्णय

Ujyalosandeshonline 12674+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

दाङ । रोल्पाको थबाङ गाउँपालिका-५ मा पहिरोमा परी निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो ।

नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, नेपाली कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल लगायत सत्ता साझेदार दलका नेताहरूको सहभागिता रहेको थियो ।

बैठकले पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको र प्रभावित परिवारलाई अविलम्ब राहत उपलब्ध गराउने विषयमा जोड दिइएको छ ।

पहिरोबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा विपद् प्रतिकार्य, खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ । विपद्का समयमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले जोखिमपूर्ण स्थानमा बसोबास नगरी सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ ।

बैठकमा पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा देखिएको विपद्को अवस्थाबारे समेत छलफल भएको थियो । विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–५ मा अविरल वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । पहिरोमा परी नागरिकको ज्यान गएको तथा केही अझै प्रभावित अवस्थामा रहेकाले पीडित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गरिने भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार