मुख्य समाचार
पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल | पक्लिहवा क्याम्पसको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण | संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप | बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार | सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित | नवलपरासीमा १ करोड १४ लाख बढीको भन्सार छलीको मोबाइल सामाग्री र पिकअप पक्राउ | रोहिणी गाउँपालिकामा प्रहरी-नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न | शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल | सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ |

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

Ujyalosandeshonline 12291+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् । पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन् । 

यही ऐतिहासिक तिलौराकोट दरबारको उत्तर–पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन् । एक ठूलो र अर्को केही सानो आकारका यी स्तूप शुद्धोधन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन् । कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक महत्वका धेरै सम्पदा छन् तर संरक्षण नहुँदा जीर्ण भएका छन् । केही सम्पदा ढिस्कोका रूपमा मात्र अस्तित्वमा छन् भने कतिपयको उत्खनन भइसके पनि व्यवस्थित संरक्षण हुन सकेको छैन ।

स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्वपूर्ण पुरातात्त्विक संरचना नष्ट हुने जोखिम छ । “यस्ता महत्व बोकेका सम्पदालाई समयमा संरक्षण गरिएन भने भविष्यमा खोजेर वा निर्माण गरेर पनि पुनः बनाउन सकिँदैन,” उहाँले भन्नुभयो । खुला आकाशमुनि रहेका जोडी स्तूप घाम, पानीलगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथप्रदर्शक राजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार स्तूपमाथि छानो र वरिपरि तारबारको व्यवस्था गर्नुका साथै नियमित सरसफाइ आवश्यक छ । 

जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनुभयो । उहाँले स्तूप क्षेत्रको नियमित सरसफाइका लागि आवश्यक जनशक्तिको अभाव रहेको जानकारी दिनुभयो । पुरातत्व विभागले यी स्तूपको उत्खनन सन् १९६८ र १९६९ मा गरेको थियो । पुरातत्वविद्हरूका अनुसार स्तूप बुद्धका माता मायादेवी र पिता शुद्धोधनको स्मरणमा निर्माण गरिएको हुन सक्ने अनुमान छ । चौथो शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्त्विक अध्ययनबाट पुष्टि भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार