मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

रासस 596+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

भोजपुर । सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । “टोलमा सिँचाइ सुविधा विस्तार भएपछि खेती गर्न सहज भएको छ”, किसान कार्कीले भन्नुभयो, “विगतमा पानीको अभावले समस्या थियो ।

अहिले पोखरी निर्माणपछि तरकारीखेतीमा सक्रिय भएका छौँ ।”गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारीखेतीलाई थप प्रोत्साहन मिलेको कार्कीको भनाइ छ । सिँचाइ पोखरी निर्माण गरेर पानी वितरण गरिएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ । हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ ।

पौवादुङमा –१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो । “यस क्षेत्रमा सिँचाइ अभावले किसानलाई समस्या थियो”, उहाँले भन्नुभयो, “तरकारीलगायत कृषि उत्पादनका लागि यो क्षेत्र उपयुक्त भएकाले अब किसानले सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको छ ।”

सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीमा जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँका अनुसार सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने वातावरण बनेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारी बिक्रीमा पनि सहजता भएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक अनुदान तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । 

अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । गाउँपालिकामा भूगोल र माटो सुहाउँदो जैविकखेतीमा जोड दिदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार