मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको आदेश

Ujyalosandeshonline 12457+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री-वितरण भइरहेका केही नाम चलेका ब्रान्डका चाउचाउ र बिस्कुट स्वास्थ्यका लागि गुणस्तरहीन भएको फेला पारेको छ। विभागले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित यशोधा फुड्स प्रालिद्वारा उत्पादित लोकप्रिय ब्रान्ड ‘करेन्ट’ र ‘लाली’ चाउचाउका साथै सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिको उत्पादनलाई तत्काल बजारबाट फिर्ता गर्न कडा निर्देशन दिएको हो।

नियमित बजार अनुगमनका क्रममा संकलन गरिएका ती खाद्यान्नका नमुनाहरूलाई प्रयोगशालामा परीक्षण गर्दा सरकारले निर्धारण गरेको न्यूनतम गुणस्तर मापदण्ड समेत पूरा नभएको पाइएको विभागले जनाएको छ। प्रयोगशाला प्रतिवेदन अनुसार यशोधा फुड्सबाट उत्पादित १०० ग्राम तौल भएको ‘करेन्ट नुडल्स’ (ब्याच नम्बर ०४ए) र ५० ग्राम तौल भएको ‘लाली चाउचाउ’ (ब्याच नम्बर ०२ए) मा प्रयोग गरिएको 'एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु' मापदण्ड अनुरूप नरहेको पुष्टि भएको छ। उपभोगका लागि अयोग्य र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएपछि विभागले यी उत्पादनका सम्बन्धित ब्याचका सम्पूर्ण सामग्रीहरू बजारबाट तुरुन्त फिर्ता लिन उत्पादक कम्पनीलाई आदेश जारी गरेको छ।

यसैगरी, सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ (ब्याच नम्बर ६) पनि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको छ। विभागले उक्त बिस्कुटलाई पनि मानव उपभोगका लागि अयोग्य ठहर गर्दै तत्कालै बजारबाट हटाउन र बिक्री-वितरण रोक्न निर्देशन दिएको छ। बजारमा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको जनगुनासो बढिरहेका बेला नियामक निकायको यो कदमलाई निकै चासोका साथ हेरिएको छ। गुणस्तरहीन उत्पादन बजारमा पठाउने यी उद्योगहरूमाथि थप कानुनी कारबाही अघि बढाइने संकेत समेत विभागले दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार