मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु

Ujyalosandeshonline 11768+ समाचार ( )
५ पौष २०८०, बिहीबार

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधबार राति करिब सवा दश बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्वरको ट्याक्टर वडा नम्वर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । मृत्युहुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्वर १० का ४६ वर्षिय लोकबहादुर शाही र उहाँको ४२ बर्षिया श्रीमती चुकी शाही, सोहि गाउँका ५२ बर्षिय भर्दर सार्की, वडा नम्वर ८ बस्ने ४८ बर्षिय धनराम सार्की र ४७ बर्षिय निर्मला सार्की रहेका छन् । मृतकहरुको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याईएको छ । 

दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । घाईतेहुनेहरुमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षिय रमेश सार्की, वडा नम्वर ८ निवासी ४१ वर्षिय खड्क बहादुर पुन, १४ वर्षिय दलबहादुर पुन, ४५ वर्षिय कुमार घर्ती, ३४ बर्षिया रमा गुरुङ सार्की, ५१ बर्षिय जगबिर सार्की रहनुभएको छ । त्यसैगरी वडा नम्वर ८ कै ३६ वर्षिय जयबहादुर घर्ती, ५८ बर्षिय मने सार्की र ४२ बर्षिय मदन पुन दुर्घटनामा परेर घाईते हुनुभएको छ । 

घाईते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । 
घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताईएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ बर्षिय गोपाल बिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार