मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

सन्धिखर्कमा सरुवा रोग रोकथाम तथा नियन्त्रणबारे अभिमुखीकरण

Ujyalosandeshonline 11874+ समाचार ( )
२९ असार २०८२, आइतबार

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा सरुवा रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय, अर्घाखाँचीको आयोजनामा भएको सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूलाई डेङ्गु, कोरोना जस्ता सरुवा रोगबाट बच्ने उपायबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले गर्मीयाममा फैलिन सक्ने सरुवा रोगका लक्षण, रोकथाम र नियन्त्रणका उपायहरूबारे सहजीकरण गर्नुभएको थियो। उहाँले टोल विकास संस्थाहरूलाई सरसफाइ र स्वास्थ्य सचेतनामा सक्रिय भई आफ्नो समुदायलाई रोगबाट बचाउन आग्रह गर्नुभयो।

त्यसैगरी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले गर्मीमा रोगको प्रकोप बढ्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमले रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वडा अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षता र स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिव, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार