मुख्य समाचार
पृथ्वी राजमार्ग खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने | कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री | भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला | रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा | आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति | भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै | मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु |

कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री

Ujyalosandeshonline 12175+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दैै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत आज साँझ जानकारी गराउँदै उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

“यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ, “उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ ।” उहाँले बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोटसहितका क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन् ।

“हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ९९ हवाई उडान भएका छन्”, प्रधानमन्त्रीले भन्नुभएको छ, “प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ । सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको छ ।”

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिँदै उहाँले हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको उल्लेख गर्नुभएको छ । यसैगरी, प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार रसुवालाई वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको छ भने प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ ।

“बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि रु छ करोड ७५ लाख उपलब्ध गराइएको छ”, उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु एक अर्ब ९० करोडभन्दा बढी रकम सङकलन भएको छ ।” प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी जारी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ । उहाँका अनुसार हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार