मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छः प्रधानमन्त्री

Ujyalosandeshonline 12347+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने बताउनुभएको छ । केहीबेरअघि आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुम्वासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको पनि स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले नदीकिनारमा बसोबास गरिरहेकाहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका गर्न पनि उनीहरूलाई स्थायी रूपमा अन्यत्रै स्थानान्तरण आवश्यक रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ । उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो ।”

प्रधानमन्त्री शाहले काठमाडौँको थापाथलीलगायतका बस्तीलाई मानवीयताको ख्याल गरेर बल प्रयोग नगरी सुरक्षित तवरबाट स्थानान्तरण र त्यसपछि व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिनुभएको छ । प्रधानमन्त्री शाहले आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा पनि सुकुम्वासी समस्या समाधान गर्ने विषय समेटिएको स्मरण गर्दै झापामा उम्मेदवार हुँदा गरेको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको १०० वटा गर्नैपर्ने काममा पनि सुकुम्वासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय रहेको आफूले नबिर्सिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार