मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

Ujyalosandeshonline 12611+ समाचार ( )
१८ असार २०८२, बुधवार

रौतहट । धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।कलैया उपमहानगरपालिका – १० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा घरायसी विवादको क्रममा बुधबार दिउँसो करिब ३ः१५ बजे   मियाँले  पत्नी सहिना खातुनलाई  कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति धारिलो हतियार प्रहार गरी खातुनको हत्या गरेको उल्लेख्य छ । बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतका अनुसार घरायसी विवादका क्रममा पति मियाँ मासु काट्ने दाब (धारिलो हतियार) प्रयोग गरी सहिनाको टाउको र गर्दनमा प्रहार गर्दा मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धानपछि अभियुक्त मियाँलाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले हत्यामा प्रयोग भएको दाब पनि बरामद गरेको छ । यस घटनाका बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार