मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

परासीमा 'स्मार्ट क्यामरा' जडान, सवारीको गति र नम्बर प्लेट स्वतः रेकर्ड हुने

Ujyalosandeshonline 12614+ समाचार ( )
३० असार २०८२, सोमबार

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित भुमही–भैरहवा बाइपास सडकमा अत्याधुनिक 'अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम' (एएनपिआर) क्यामरा जडान गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने र सवारी साधनको पहिचान सहज बनाउने उद्देश्यले उक्त क्यामरा जडान गरिएको हो।

यो क्यामेराले सडकमा गुड्ने सवारी साधनको नम्बर प्लेट र गति स्वतः पहिचान गरी स्वचालित रूपमा अभिलेख राख्नेछ। नगर प्रमुख धनपत यादवका अनुसार, दुर्घटनापछि सवारी साधन पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न यो प्रविधिले प्रहरीलाई अनुसन्धानमा ठूलो सघाउ पुग्नेछ। उहाँले 'स्मार्ट सिटी' अवधारणाअन्तर्गत आधुनिक प्रविधिको प्रयोगलाई बढवा दिइएको पनि बताउनुभयो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले यो प्रविधिले अपराध अनुसन्धान, सवारीको गति नियन्त्रण र दुर्घटनापछि फरार हुने सवारी साधनको खोजीमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयबाटै हुने र केही प्राविधिक काम सम्पन्न हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार