मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

विद्यार्थीलाई नै सिप सिकाउँदै विद्यार्थीहरू, रचनात्मक कामले पकेट खर्च जुट्दै

Ujyalosandeshonline 12611+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

रामेछाप । रामेछापमा विद्यार्थीलाई विद्यार्थीहरू नै व्यावसायिक सिप सिकाउन लागेका छन् । जिल्ला सदरमुकाम मन्थली लगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनेरास्ववियु रामेछापले व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेको संगठनका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए । 

विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूसँग सहकार्य गरेर अनेरास्ववियुले मागका आधारमा विद्यार्थीहरूका लागि तालिम सञ्चालन गरिरहेको छ । तालिम सिकेर विद्यार्थीहरूले आफ्नो पकेट खर्च जुटाउन लागेका छन् । ती मध्ये कागजका ब्याच तथा फूल बनाउने तालिम निक्कै प्रभावकारी देखिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए । 

‘यो सिप पनि चाँडै सिक्ने, काम सिकेपछि उत्पादनको लागि लागत पनि कम लाग्ने र तुरुन्तै आम्दानी पनि हुने भएकोले विद्यार्थीको लागि यो सिप निक्कै प्रभावकारी देखिएको छ’, केसीले भने । सिप सिकेका विद्यार्थीहरूले तयार गरेका ब्याचहरू अनेरास्ववियुले नै विभिन्न कार्यक्रममा बिक्रीको लागि व्यवस्था मिलाइदिएको केसीले बताए । 

विद्यार्थीले गरेको रचनात्मक कामलाई उत्प्रेरित गर्नको लागि उनीहरूले तयार गरेको कागजको ब्याच कार्यक्रमहरूमा प्रयोग गरेर सहयोग गरिदिन पनि उनले आग्रह गरे । अनेरास्ववियु रामेछाप जिल्ला कमिटी अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप विभाग मार्फत सो काम भइरहेको अध्यक्ष पुष्कर भट्टराईले बताए । विद्यार्थीहरूले विभिन्न खालका ब्याच तथा सजावटका सामाग्रीहरू बनाइरहेको उनले जानकारी दिए । 

यस्ता सामाग्रीहरू विभिन्न राजनीतिक कार्यक्रम, महोत्सव, धार्मिक, सांस्कृतिक कार्यहरूमा प्रयोग गर्न सकिने उनले बताए । ‘विद्यार्थीले ब्याच मात्र होइन, कागजका फूल, तोरण, पतका लगायतका सजावटका सामाग्री उत्पादन गर्ने गर्दछन्, वातावरणमैत्री यी सामाग्रीहरू राजनीतिक दलका सभाहरू, विभिन्न महोत्सव, विवाह, व्रतबन्ध लगायतका कार्यहरू तथा सप्ताह लगायतका धार्मिक काममा पनि प्रयोग गर्न सकिन्छ’, भट्टराईले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार