मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विद्यार्थीलाई नै सिप सिकाउँदै विद्यार्थीहरू, रचनात्मक कामले पकेट खर्च जुट्दै

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

रामेछाप । रामेछापमा विद्यार्थीलाई विद्यार्थीहरू नै व्यावसायिक सिप सिकाउन लागेका छन् । जिल्ला सदरमुकाम मन्थली लगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनेरास्ववियु रामेछापले व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेको संगठनका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए । 

विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूसँग सहकार्य गरेर अनेरास्ववियुले मागका आधारमा विद्यार्थीहरूका लागि तालिम सञ्चालन गरिरहेको छ । तालिम सिकेर विद्यार्थीहरूले आफ्नो पकेट खर्च जुटाउन लागेका छन् । ती मध्ये कागजका ब्याच तथा फूल बनाउने तालिम निक्कै प्रभावकारी देखिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए । 

‘यो सिप पनि चाँडै सिक्ने, काम सिकेपछि उत्पादनको लागि लागत पनि कम लाग्ने र तुरुन्तै आम्दानी पनि हुने भएकोले विद्यार्थीको लागि यो सिप निक्कै प्रभावकारी देखिएको छ’, केसीले भने । सिप सिकेका विद्यार्थीहरूले तयार गरेका ब्याचहरू अनेरास्ववियुले नै विभिन्न कार्यक्रममा बिक्रीको लागि व्यवस्था मिलाइदिएको केसीले बताए । 

विद्यार्थीले गरेको रचनात्मक कामलाई उत्प्रेरित गर्नको लागि उनीहरूले तयार गरेको कागजको ब्याच कार्यक्रमहरूमा प्रयोग गरेर सहयोग गरिदिन पनि उनले आग्रह गरे । अनेरास्ववियु रामेछाप जिल्ला कमिटी अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप विभाग मार्फत सो काम भइरहेको अध्यक्ष पुष्कर भट्टराईले बताए । विद्यार्थीहरूले विभिन्न खालका ब्याच तथा सजावटका सामाग्रीहरू बनाइरहेको उनले जानकारी दिए । 

यस्ता सामाग्रीहरू विभिन्न राजनीतिक कार्यक्रम, महोत्सव, धार्मिक, सांस्कृतिक कार्यहरूमा प्रयोग गर्न सकिने उनले बताए । ‘विद्यार्थीले ब्याच मात्र होइन, कागजका फूल, तोरण, पतका लगायतका सजावटका सामाग्री उत्पादन गर्ने गर्दछन्, वातावरणमैत्री यी सामाग्रीहरू राजनीतिक दलका सभाहरू, विभिन्न महोत्सव, विवाह, व्रतबन्ध लगायतका कार्यहरू तथा सप्ताह लगायतका धार्मिक काममा पनि प्रयोग गर्न सकिन्छ’, भट्टराईले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार