मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |
मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |


मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली

Ujyalosandeshonline 12611+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत बितरण केन्द्र गमगढीको प्राविधिक सहयोग एवं सहजिकरणमा वडा नम्बर १० र ११ का गाउँमा विद्युत सेवा पुगेको  छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बुधबार एक कार्यक्रमबीच दुवै वडामा रहेका विद्युतका स्वीच दबाएर १० र ११ का गाउँबस्तीमा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरेका हुन् । 

बर्षौदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई विजुली आएसँगै दैनिक जनवीजनका काममा सहजता आउने नगर प्रमुख भामले बताए ।

‘अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरपर्नु पर्दैन् । अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । चुनावी घोषणामा साविकको रोवा गाविस र हालको छायाँनाथ रारा नगरपालिकामा बत्ति पुर्याउने बाचाका साथ दुवै वडामा पुगेको विजुली बालिएका हो,’नगर प्रमुख भामले भने । 

छायाँनाथ रारा नगरपालिका भित्र ८७ बस्ती मध्ये ८२ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका पाँच बस्तीमा यही आर्थिक बर्षमा विद्युत सेवा पुर्याउने लक्ष्यका साथ काम भइरहेको नगर प्रमुख भामले जानकारी दिए  ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड ९३ लाखमा करिब चार बर्षको प्रयासले वडा नम्बर १० र ११ का गाउँबस्तीमा विद्युत सेवा पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहीले बताए ।

जसबाट छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० मा ६ सय घरदुरीका २२ सय नागरिक र वडा नं ११ का २ सय ४५ घरदुरीका १४ सय गरी ३ हजार ६ सय नागरिक विद्युत सेव बाट लाभाविन्त भएका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन.ऐडिले छायाँनाथ नपाका अधिकांस बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता केही समस्या छ  तर स्थानीय सरकारसँगको सहजीकरणमा गाउँ गाउँमा विद्युत सेवा पुर्याइने कार्यालय प्रमुख ऐडिले बताए ।

गमगाढ विद्युत बितरण केन्द्रको पावरहाउसमा रहेका मेसिनको वेरिङ्घमा आएको समस्याका कारण सेवा नियमित भएको छैन् । राष्ट्रिय प्रसारण लाइनमा मर्मतको काम भइरहेकाले सटडाउन लिने गरेको र बेलाबखत विद्युत अवरुद्ध हुने गरेको र बेलुकादेखि बिहानसम्म विद्युत नियमित रहेको कार्यालय प्रमुख ऐडिको भनाइ छ । 

बर्षौपछि विद्युत सेवा पुगेपछि स्थानीय खुसी भएका छन् ।  विगतकमा विद्युत सेवा नहुँदा दुःख भोगेका नागरिक विद्युत सेवा पुगेपछी स्थानीयले खुसी साटेका छन् । 

स्थानीय ठीमु नेपालीका अनुसार विद्युत नहुुँदा दियालोको भरमा उज्यालो गर्दै आएको बताइन् । दियालोले स्वास्थ्यमा समस्या हुने थाहा भएको भएपनी बाध्यताले उज्यालोको लागि दियालोको भर पर्नुपर्ने थियो । अब ति दुःखका दिन जानेमा विश्वस्त भएको नेपालीले बताइन् । 

अर्का स्थानीय याक्जोल नेपालीले विद्युत सेवा ६६ बर्षको उमेरमा देख्न पाएकोमा खुसी भएको बताए । उनका अनुसार केही बर्ष पहिला रोवा खोलामा पेल्ट्रिकसेटबाट विद्युत निकालिए पनि दिगो र नियमित विद्युत सेवा थिएन । अब अब राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा नियमित हुने र सेवा पाउनेमा ढुक्क भएको नेपालीले बताए ।

विद्युत नहुँदा विद्यार्थीलाई घरमा पठनपाठनमा बाधा पुगेको थियो । अब बिजुली आएपछि समस्या टरेको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख बिष्णु कुमार भाम, पूर्वशिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, उपप्रमुख ऐश्वर्य मल्ल, निवर्तमान नगर प्रमुख हरिजंङ्घ शाहीलगायत वडा अध्यक्षहरु र स्थानीयहरुको उल्लेखनीय उपस्थित थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार