मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

Ujyalosandeshonline 12546+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । 

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् । त्यस्तै, तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् । 

समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ । उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १५ जनासम्मको नाम सर्ट लिष्टमा राख्नुपर्ने भन्ने भएपनि समितिले १४ जनाको मात्रै नाम सर्ट लिष्टमा निकालेको हो । अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जनालाई नियुक्त गरिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार