मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

साउदी रियाल देखाउँदै, ठगी गर्दै

Ujyalosandeshonline 11002+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं । साउदी मुद्रा रियाल देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–१२ का ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षका नीरबहादुर तामाङ छन् । 

पछिल्लो पटकको ठगी घटनाको सूचना प्रहरीकहाँ पुगेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।  पछिल्लो पटक उनीहरुले गत बुधबार कागेश्वरी मनोहरा–५ हरियालीनगर बस्ने वर्ष ५८ वर्षीया चन्दरी तामाङलाई ठगेका थिए । साउदी रियाल देखाउँदै चन्दरीको करिब २ लाख १० हजार मूल्य बराबरको कानको सुनको रिङ ठगी गरेको सूचना प्रहरीले पाएको थियो । उक्त घटनासँगै ठगीका आरोपितको खोजीमा सक्रियता देखाएको प्रहरीले पक्राउ परेकाहरुले हालसम्म सुनका गरगहना र नगदसमेत १४ लाख २१ हजार ५ सय रुपैयाँ ठगी गरेको खुलेको जनाएको छ । 

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका शखा भक्तपुर र बौद्धको संयुक्त टोलीले गत शुक्रबार साँझ गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउपछि उनीहरुले गरेका ठगीका घटना खुलेका छन् । उनीहरुले गत साउन १० गते काभ्रेपलान्चोकको तेमाल–३ घर भइ हाल गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने ३५ वर्षीया फुलमाया तामाङलाई साउदी रियाल देखाई साथमा रहेको सुनको विभिन्न गरगहना समेत गरी जम्मा ४ लाख ८५ हजार ठगी गरेका थिए । उक्त घटनाको पाँच दिनपछि रामेछापको साबिक गुप्तेश्वर–६ घर भइ गोकर्णेश्वर बस्ने ३८ वर्षीया  सरमाया तामाङबाट गरगहनासमेत २ लाख २२ हजार ५ सय ठगी गरेका थिए । यस्तै गत साउन २४ मा ओखलढुंगाको सुनकोशी–३ घर भई कागेश्वरी मनोहरा–२ आलापोट बस्ने २४ वर्षीय उत्तम बस्नेतलाई कतारी रियाल देखाई साथमा रहेको सुनको सिक्री लिई २ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए ।

गत पुस २१ मा दोलखाको साबिक डाँडाखर्क–३ घर भइ हाल गोकर्णेश्वर–८ माकलवारी बस्ने ४९ वर्षीया दिलकुमारी तामाङबाट २ लाख ८४हजार ठगी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार