मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरद्वारा बेलहिया माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Ujyalosandeshonline 12461+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

भैरहवा । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा संघले बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित श्री बेलहिया माध्यमिक विद्यालयलाई सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको संघका अध्यक्ष मधु प्रसाद पन्थीले बताए । ‘बेलहिया माविले आफ्नो स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ’उनले भने, ‘यही समयमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विद्यालयमा उपस्थित भएर केही रकम प्रदान गर्न पाउँदा खुसी भएका छौं ।’ प्रत्येक वर्ष भन्सार दिवसमा भैरहवा भन्सार कार्यालयसँग समन्वय गरी विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले कुनै पनि सहयोग सानो वा ठूलो नहुने बताए । उनले सकारात्मक सोचका साथ गरिने सहयोग महत्वपूर्ण रहेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले आगामी दिनमा पनि नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरले विद्यालयलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले विद्यालयलाई आर्थिक सहयोग गरेको भन्दै भन्सार एजेण्ट संघ सिद्धार्थनगरलाई धन्यवाद दिए । ‘विद्यालयले अझै प्रगति गरोस्, यहाँ अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्व गर्दै जानुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु, ’उनले भने ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले बेलहियाबासीको योगदानको स्मरण गर्दैै भन्सार कार्यालय र भन्सार एजेण्ट संघले आगामी दिनमा पनि स्थानीयसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङको स्वागत तथा श्री बेलहिया माविका सहायक प्रधानाध्यापक बिजेश कार्कीको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, प्रधानाध्यापक बिना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार