मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

Njn Khanal 16+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

दिपेश पौडेल 

रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ । कबिर चौकदेखि पश्चिमपट्टि  रहेको यो सुधार केन्द्रमा अमानवी तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो । 

सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन् । अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए । 

सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उदघाटन गरेका थिए । त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए । 

घटना भए÷नभएको बुझेपछी मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् । आफुले पनि सामाजिक सन्जालमा नै देखेकाले वास्तविकता के हो अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार