मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासी पश्चिममा कपडा तथा सिलाई व्यवसायीहरूको मोटिभेशनल तथा बनभोज कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12321+ समाचार ( )
१३ पौष २०८२, आइतबार

नवलपरासी (पश्चिम) । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नवलपरासी पश्चिमको आयोजनामा सुनवल–५, बनकटीस्थित सहिद विष्णु प्रसाद पाण्डेय स्मृति पार्कमा मोटिभेशनल तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष जोगेन्द्र प्रसाद हरिजनको अध्यक्षता र केन्द्रीय सदस्य भोजराज रणपालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सिलाई व्यवसायका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रणपालले स्थानीय उत्पादनको ब्रान्डिङ, नयाँ डिजाइन र डिजिटल माध्यमको प्रयोग गरी व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक मेघराज अधिकारीले सिलाई व्यवसायलाई आत्मनिर्भरता र उद्यमशीलताको आधार बताउँदै सीपसँगै अनुशासन, धैर्यता र समयअनुसारको परिवर्तन आवश्यक रहेको औंल्याउनुभयो। उहाँले परम्परागत शैलीबाट माथि उठेर आधुनिक डिजाइन र ग्राहकको सन्तुष्टिमा ध्यान दिन व्यवसायीहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले कच्चा पदार्थको मूल्यवृद्धि, बजार प्रतिस्पर्धा र जनशक्ति अभावजस्ता चुनौतीहरूको सामना गर्न तालिम र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। संघकी उपाध्यक्ष दुर्गा श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार टेक बहादुर हरिजनले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष हरिजनले व्यवसायीहरूको हितमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार