मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रतिनिधि सभामा खुम्चिए उपप्रधानमन्त्री यादव

Ujyalosandeshonline 12461+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए ।

आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका साथीहरुले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालिसक्दा अध्यक्ष यादव काठमाडौं उत्रिएका थिए ।

जसपाकै नेता अशोक राईले प्रतिनिधि सभाका सात सदस्यसहित बहुसंख्यक नेता लिएर नयाँ पार्टी जनता समाजवादी गठन गरिसकेका छन् । यो पार्टीले निर्वाचन आयोगबाट वैधानिक हैसियत लिने प्रक्रियामा छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा राष्ट्र संघ पुगेका उपप्रधानमन्त्री यादवको रामशाहपथस्थित कार्यकक्ष मर्मतसम्भार गरेर सोमबार नै तयार गरिएको थियो ।

धेरैवटा ढोका र झ्याल भएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्रीको कार्यकक्षका अनावश्यक ढोकाहरु टालेर नयाँपन दिईएको हो । मन्त्री कार्यालय फर्किनुअघि नै कार्यकक्षमा नयाँपन सिर्जना गरेर उनलाई प्रशन्न तुल्याउन मन्त्रालय प्रशासन क्रियाशील थियो । तर पार्टी फुटेको पीडा र रोश बोकेर फर्किएका यादवलाई उनको सचिवालयले प्रशन्न देख्न पाएन ।

प्रतिनिधि सभामा हिजोभन्दा कमजोर भएका यादव सत्ता गठबन्धनमा रहीरहने कि विकल्प सोच्ने भन्ने मनस्थितिमा सहकर्मीहरुसँग परामर्श गर्ने तयारीमा रहेको उनीसँग सम्बध्द सूत्रले बताएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किइसकेका छन् ।

यता, गठबन्धनका परिकल्पनाकार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो दलललाई सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा राजनीतिक सक्रियता बढाईरहेको बुझिएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दुइ पार्टी मिलेर मात्र देशका कतिपय बिषयको समाधान गर्न सम्भव भएको भनेर एमाले र कांग्रेसको सत्ता गठबन्धनको पैरवी गरिरहेका छन् । यही अभियानमा जसपा विभाजनलाई पनि जोडेर हेरिएको पाईन्छ ।

राष्ट्रसंघको प्रधानकार्यालयमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएको खबर सार्वजनिक हुने क्रममै उनको पार्टी फुटिसकेको थियो । यो फुटलाई सम्भावित एमाले र कांग्रेस सहकार्यको अंश त होइन भनेर राजनीतिक क्षेत्रमा टिकाटिप्पणी भैरहेको पाईन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार