मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ

प्रेमचन्द्र झा 11+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

रौतहट । गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको नेपाली नगद रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा सशस्त्र प्रहरीका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गरेको थियो।

भन्सार सुरक्षा गार्डबाट प्रबनानि दीपककुमार यादवको कमान्डमा खटिएको ३ जना तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सप्रनाउ दुर्गाप्रसाद भट्टको कमान्डमा खटिएको ७ जनाको संयुक्त टोलीले BR 06 AR 0802 नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा बस्ने अन्दाजी २६ वर्षीय संजिव पण्डित र सोही स्थानका अन्दाजी १८ वर्षीय रितिक दासको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २ लाख ५४ हजार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी उनीहरूको साथबाट चाँदीजस्तो देखिने दुई थान पायल र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ। बरामद नगद, सामान तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको नगदको स्रोत, चाँदीजस्तो देखिने पायलको प्रकृति तथा उनीहरू भारतबाट उक्त रकम र सामान लिएर नेपाल प्रवेश गर्नुको उद्देश्यबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार