मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्दैन् : प्रधानमन्त्री

Ujyalosandeshonline 12614+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरेका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै उनले सरकार भ्रष्टाचारका घटना खोजविन गर्ने र कारवाही गर्ने कामको लागि बनेको भन्दै सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने बताए ।

उनले भने, ‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन । भ्रष्टाचार खोजविन र कारवाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ । समयक्रममा व्यवहारमा देखिँदैजान्छ ।’

प्रधानमन्त्री ओलीले न्याय र कानून सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने बताए । उनले थपे, ‘न्याय सबैको लागि र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनैपनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहन्छौं ।’

उनले जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको बताए ।उनले भने,‘ जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउँछ । जो भ्रष्टाचार विरोधी छ उसलाई आरोप लगाएर तथानाम बोलेर बद्नाम गर्न खोजिन्छ । यस्ता तत्वहरु छन् । तीनलाई देशको माया छैन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार