मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राजतन्त्र चाहनेहरु चुनावी मैदानमा आउनुहोस : माधव नेपाल

Ujyalosandeshonline 11540+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन् । एकीकृत प्रगतीशिल प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतिहरु’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेहरुलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन आग्रह गरे ।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कतापी सम्भव छैन् । त्यसले केही पार लाग्दैन् । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिदैँन् । राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताकाबिचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’

उनले देशमा निराशाजनक परिस्थिती र चर्को व्यक्तिवाद हावी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ । आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन् । यति चर्को व्यक्तिवाद हावी भएको छ कि त्यसको कुनै जवाफ छैन् । यदि प्रत्येकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन् । अहिले हाम्रो देशको परिस्थिती निराशजनक छ । यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो । अरु कसैले गरेर हुदैंन्, गर्न सक्दैँन् । प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ । विकल्पको बारेमा सोचेका हौ तर पाएनौं । त्यस कारण अब विकल्प हामीले दिने हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार