मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

चाडपर्व मनाउदा मौलिक पहिचान जोगाउनुहोस: सभामुख

Ujyalosandeshonline 12342+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चाडपर्व मनाउदा त्यसको मौलिक पहिचान जोगाउन आग्रह  गर्नु भएको छ ।  नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेको जनाउनुहुदै उहाँले यो नै विविधता भित्रको सुन्दर पक्ष उल्लेख गर्नु भएको छ । 

होली पर्बको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले पछिल्लो समयमा  चाडपर्वहरु भड्कीलो, खर्चिलो र मौलिकपन हराउदै गएको आभास हुन थालेको भन्दै चिन्ता जनाउनु भएको हो । उहाँले होलीको मौलिकपन कायम राख्दै विकृतीरहित बनाउन र सभ्य मर्यादित सद्भावपूर्ण रुपमा मनाउन  अनुरोध समेत गर्नुभएको छ ।

"बहुभाषीक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक साथै भौगोलिक  विविधतायुक्त मुलुकमा यस प्रकारको पर्वको आफ्नै गरिमा र महत्व रहेको छ । " शुभकामना सन्देशमा उल्लेख छ-" चाडपर्वहरुको मौलिकपन कायम राख्दै विकृतीरहित बनाउन र सद्भावपूर्ण रुपमा चाडपर्वहरु मनाउन म अनुरोध समेत गर्दछु ।"

उहाँले असत्यमाथि सत्यको जीत भएको खुसीयालीमा धार्मिक मान्यताका साथ परापुर्व कालदेखि मनाईदै आएको रंगहरुको पर्व होली पर्व अर्थात फागु पूर्णिमाको पावन अवसरमा देश विदेशमा रहनु भएको लुम्बिनी प्रदेशवासी सम्पूर्ण आमा–बुवा, दाजुु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । 

यो पर्व आज पहाडी जिल्ला र भोली तराईका जिल्लाहरुमा सप्तरंगी रंगहरु सहित आपसी प्रेम र सद्भाव बाडेर धुमधामका साथ मनाईदैछ । 

लुम्बिनी प्रदेश सभा विभिन्न भेष–भूषा, धर्म–संस्कृति रहन–सहन र रिति रिवाज अंगीकार गर्ने सबै समुदायका हक अधिकारलाई स्थापित गदै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई कानुन तथा नीति निर्माण गर्दै आएको जनाउनु हुँदै  उहाँले सबैको अधिकार स्थापित गर्ने सवालमा प्रतिवद्ध रहेको छ र प्रतिवद्ध रहिरहने विश्वास दिलाउनु भएको छ । 

सभामुख घर्ती मगरले शुभकामना सन्देशमा  जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न चरणका संघर्ष र क्रान्तिबाट प्राप्त उपलब्धीहरुको रक्षा र प्रबर्द्धन  गर्दै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख मुलुक निर्माणमा अघि बढ्नु आजको आवश्यकता रहेको जनाउनु हुँदै  सबै भाषा–भाषि, धर्म, समुदायलाई एकाकार बनाउदै त्यस दिशा तर्फ उन्मुख गराउन समेत यो पर्वले सम्पुर्ण नेपाली आमा–बुवा, दाजुु–भाइ तथा दिदी–बहिनीहरुमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको उल्लेख गर्नु भएको छ । 

 " यो पर्वले सम्पुर्ण नेपालीहरुमा सामाजिक सद्भाव, आपसी मित्रता, भाईचारा, बन्धुत्व र धार्मिक सहिष्णुताको मुल्य मान्यता कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै  होलीमा लगाईने रंगहरुजस्तै तपाईहरुको जीवन रंगिन बनोस्, पुनः होली पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । " शुभकामना सन्देशमा उल्लेख  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार