मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव सुरु

Ujyalosandeshonline 11524+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव सुरु भएको छ ।‘कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको मधेश प्रदेशका सभा सद्स्य तथा पूर्वमन्त्री युवराज भट्टराईले उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले यस्ता किसिमको महोत्सवले नगर भित्र रहेका जातिय विविधतालाई झल्काउने र नगर विकासमा समेत टेवा पुग्ने बताए । ‘घुमौ मधेश बुझौ मधेश’ भन्ने मुल नारालाई पनि यस महोत्सवले सार्थकता दिने उनको भनाइ छ ।

महोत्सवलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने उनले आग्रह समेत गरे । महोत्सवको उद्घाटन अघि सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृतिसंग सम्बन्धित संघ संस्थाहरुको अगुवाइमा र्याली निकालिएको थियो ।

जनज्योति माध्यमिक विद्यालय प्रागंणबाट निस्केको र्याली महोत्सव स्थल तुलसीलाल अमात्य स्मृती रंगशालामा पुगेर समापन भएको हो । चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले मेलामा करिब एक करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको बताए ।

मेलामा बिक्री भएको टिकटबाट पाँच प्रतिशत रकम रौतहटका बिरामी पत्रकार फणि महतलाई सहयोग गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । महोत्सव अवधिभर ख्याति प्राप्त र स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार