मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सन्धिखर्कमा रातको ९ बजेसम्म जनताको काममा खटिँदै वडा अध्यक्ष केसी, स्थानीय सरकारको अनुभूति दिलाउँदै

अनिल नेपाली 141+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकाेटका वडा अध्यक्ष चुरा बहादुर केसीले आफ्नो कार्यशैलीमार्फत स्थानीय जनतालाई सुशासनको प्रत्यक्ष अनुभूति दिलाइरहेका छन् । अधिकांश जनप्रतिनिधिहरू आर्थिक वर्षको अन्त्यसँगै फुर्सदिला हुँदा, अध्यक्ष केसी भने रातिको ८-९ बजेसम्म पनि कर्मचारीहरूसँगै बसेर जनताको काममा खटिरहेका छन् ।

स्थानीय निर्वाचनका बेला जनतामाझ गरेको प्रतिबद्धतालाई शिरोधार्य गर्दै अध्यक्ष केसीले आफू निर्वाचित भएदेखि नै उदाहरणीय र रचनात्मक कामहरू गर्दै आएका छन् । भौगोलिक रूपमा विकट मानिने आफ्नो वडामा उनले नौला र अनौठा कामहरूको थालनी गरेर स्थानीय सरकार जनताको घरदैलोमा रहेको आभास दिलाएका छन् । युवा उमेरमा नै आफ्नो व्यवसाय छाडेर पूर्ण रूपमा जनसेवामा समर्पित भएका केसीले छोटो समयमै जनताको मन जित्न सफल भएका छन् ।

हाल वडामा सामाजिक सुरक्षा भत्ता नवीकरणको अभियान चलिरहेको छ । अध्यक्ष केसी आफैँ कर्मचारीहरूसँग बसेर यो काममा सघाइरहेका छन्, जसले गर्दा सेवा प्रवाह छिटो र छरितो भएको छ । यस कार्यमा वडा सचिव सीता बिसी पराजुली, वडा सदस्यहरू डुकलाल पोख्रेल, मिना ज्ञवाली र पुष्पा नेपालीले पनि उत्तिकै सक्रियताका साथ अध्यक्षलाई साथ दिएका छन् ।

"जनताको कामलाई नै हामीले प्रमुख ठानेका छौँ," वडा सचिव सीता बिसी पराजुलीले भनिन् । उनका अनुसार, साउन ७ गतेबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान १६ गतेसम्म चल्नेछ । हालसम्म विभिन्न स्थानमा गरी १५० जनाको भत्ता नवीकरण भइसकेको पनि उनले जानकारी दिइन् । अध्यक्ष केसी र उनको टिमको यो अनवरत सक्रियताले स्थानीय तहमा सुशासन र जनउत्तरदायित्वको बलियो उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार