मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

Ujyalosandeshonline 12614+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् । 

काठमाडौंमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रको लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन । सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरु अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ तर पर्यटन क्षेत्रमा काम गर्नको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । निजी क्षेत्र अघि सरकारी क्षेत्र पछि अनि मात्र पर्यटनको विकास सम्भव छ ।’

यस्तै, उनले पर्यावरण मैत्री पर्यटनको विकास गर्नुपर्ने भन्दै प्रकृतीमाथिको अतिक्रमणको खतरा जोगिएर पर्यटनको विकास गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘पर्यावरणमैत्री पर्यटनको विकास यसले हाम्रो प्रकृतीलाई जोगाउने, प्रकृतीमाथिको जुन अतिक्रमणको खतरा छ त्यो खतराबाट जोगिएर पर्यटनको विकास गर्ने कुरा हामीले ध्यान दिनुपर्छ । त्यस्तै अहिले डिजिटल समयमा यो आईटिले विकासको शिखर चुमेको अवस्थामा हामीले डिजिटल माध्यमबाट डिजिटल कलचर्ल टुरिजम्लाई प्रवद्र्धन गर्ने, यसको विकास, प्रचार गर्ने काम हामीले समात्नु पर्नेछ ।’ 

भावनामा बगेर धेरै बोल्ने तर कार्यान्वयनमा कमजोर भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बाटोमा जानुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार